ढलान हुँदाहुँदैको घर पोखराका मेयरकाे ठाडो निर्देशनमा रोकियो

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३ मा ढलान हुँदाहुँदैको घर रोकिएको छ । मेयर धनराज आचार्यको निर्देशनमा पुगेका नगर प्रहरीले ढलान गर्न राेकेका हुन् ।
नगर प्रहरी पुरुषोत्तम थापाका अनुसार महानगरकाे निर्देशन अनुसार निर्माण कार्य राेकिएकाे बताए । ‘महानगरबाट हामीहरुलाई फिल्डमा पुगेर काम रोक्न निर्देशन आयो । यहि अनुसार नगर प्रहरीले ढलान निर्माण रोकेका हौं ।’
महानगरले घरधनीलाई नक्सा पास सहितकाे प्रमाणपत्र लिएर आइतबार उपस्थित हुन निर्देशन दिएकाे छ । यता घरधनी कोपिला ढुंगनाले सबै प्रकृया पु¥याएर ढलान गरेपनि महनगरले दुख दिएकाे बताइन् । ‘ढलान हुँदाहुँदै रोकिएको छ । आधा ढलान भइसक्यो,’ उनले भनिन्, ‘भोली गर्दा ढलान फरक हुन्छ । घर चुहीने हुन्छ । यस्ताे सम्बेदनशिल विषयमा महानगरले गैरजिम्मेवार काम गरेका छ ।’
घर बिग्रीए क्षतिपूर्ति महानगरले दिनुपर्ने उनको भनाइ छ । ‘महानगरको प्राविधिक टोली नै आएर तत्काल के कति कारणले काम रोक्नुपरेको हो । हेर्नुपर्छ । हैन भने ढलान हुन गर्न दिनुपर्छ,’ उनले भनिन् , ‘मैले घर निर्माण गर्दा वडादेखि महानगरबाट दुवैबाट स्वीकृत लिएकाे छु । आवश्यक मापदण्ड छोडेको छु । यस्ताे हुँदा हुँदै किन दुख दिइयाे ।’








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया