नवीन माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा युवा व्यवसायी कोइराला चयन

समाधान संवाददाता २०७९ भदौ २५ गते १८:३२

पोखरा ।
पोखरा गैह्रापाटन ४ मा रहेको नवीन माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा युवा व्यवसायी एवं सामाजिक अभियान्ता सिरोज विजय कोइराला चयन भएका छन् ।

विद्यालयमा शुक्रबार भएको भेलाले समितिको अध्यक्षमा कोइरालालाई चयन गरेको हो । समितिको सदस्यमा अशोकराज पराजुली, नर्वदा पराजुली, सरिता कोइरला, कविन्द्र कोइराला र बशन्त पराजुली चयन भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोइरालाले उक्त विद्यालयको कक्षा ११ र १२ मा आगामी शैक्षिकसत्र देखि विज्ञान विषयमा समेत अध्यापन गराउने गरी सुधारको काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले विद्यालयको सुधारका लागि शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकसहित सवै पक्षको उत्तिकै साथ चाहिने उनको भनाइ थियो ।

Advertisement

२०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा झण्डै ७ सय विद्याथी अध्ययनरत छन् । कक्षा १२ सम्म अध्यापन हुने उक्त विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा विषय अध्यापन हुन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया