फेवाबाट जलकुम्भी निकाल्न आए महावीर

पोखरा ।
स्वच्छ पोखरा, स्वस्थ पोखरेली अभियानले शनिबार फेवातालबाट जलकुम्भी झार निकालेको छ । डा रविमोहन ढकाल संयोजकत्वको टोलीले तालबाट ५ हजार केजी जलकुम्भी निकालेको हो । अभियानका क्रममा ताल सफाइ गर्न झन्डै २ सय जना जति स्वास्थ्यर्की एवं चिकित्सक, इन्जिनियर लगायत सहभागी भएका थिए ।
अभियान संयोजक डा ढकालले पोखरा महानगरपालिकालाई झक्झक्याउने उद्देश्यका साथ तालबाट जलकुम्भी झार निकालिएको जानकारी दिए । केही दिनयता ताललाई जलकुम्भीले ढाकेको थियो । उक्त अभियानका क्रममा फेवातालको जलकुम्भी निकाल्ने काममा साथ दिन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन पनि आएका थिए ।
उनले तालको जलकुम्भी निकाल्न किनिएको मेसिन बिग्रिएकोमा त्यसलाई मर्मत गरिने जानकारी दिए । ‘यसरी सधैं २÷४ महिनामा एक पटक सफा गरेर पुग्दैन,’ पुनले भने, ‘त्यसको दीर्घकालीन समाधान गर्ने निर्णय तुरुन्तै गरियो । किनभने जलकुम्भी झारहरु हटाउन मसिन नबनाई हुँदैन । सो मसिन बनाउने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले लिनेछ र सो काम पोखराको पश्चिमान्चल इन्जिनियरिङ कलेज लामाचौरमा गरिनेछ ।’
जलकुम्भी निकाल्ने अरु मसिन पनि बनाउने घोषणा पुनले गरेका छन् । ‘मसिन बनाउने लागि चाहिने सम्पूर्ण सामानहरु फलाम, इन्जिन, हाइड्रोलिक र अन्य सामानहरु राष्ट्रिय आविस्कार केन्द्रले उपलब्ध गराउने,’ उनले भने, ‘फेवाताल सफा गर्न क्यानाडाबाट ल्याइएको मसिनले राम्रोसँग काम गरेको छैन । इन्जिनियरिङ कलेजको टिमले सोही मसिन हेरेर त्यसैको आधारमा जलकुम्भी निकाल्ने नयाँ मसिन बनाउने छ । त्यस्तो मसिन पोखरामा नै बनाएर सञ्चालन ग¥यो भने मर्मत सम्भार गर्न सजिलो हुनेछ र बिद्यार्थीहरुले पनि काम सिक्ने मौका पाउनेछन् ।’
यो कामका लागि राष्ट्रिय आविष्कार केन्द्रले छुट्टै कोष खडा गरेर काम गर्ने पुनले बताएका छन् । ‘अहिलेसम्म केन्द्रको बैंकमा जम्मा भएको पैसा खर्च गरिने छैन,’ उनले भने, ‘सो काम गर्न कसैलाई पैसा मागिने छैन तर फेवाताललाई साह्रै माया गर्ने इच्छुक व्यक्ति वा संघ संस्थाहरुले स्वच्छा र स्वविवेकले दान गर्न सक्नु हुनेछ ।’









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया