पोखरा उद्योग वाणिज्य संघको मतगणना आज

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा क्रममा भएको निर्वाचनमा करिब ८१ प्रतिशत मत खसेको छ । संघको सभाहलमा शनिबार बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म भएको मतदानमा करिब ८१ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । संघमा ३ हजार १४३ मतदाता छन् ।
मतगणना आइतबार बिहान ८ बजेबाट सुरु हुने निर्वाचन समिति संयोजक दीपक श्रेष्ठले जानकारी दिए । संघको अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा २÷२ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा अर्जुन पोखरेल र पवनकुमार प्रजापतीको उम्मेदवारी पर्दा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की र हरिहर सापकोटाको उम्मेदवारी छ ।
उद्योगतर्फको उपाध्यक्षमा २ र बाणिज्यतर्फको उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । उद्योगतर्फको उपाध्यक्षमा देवेन्द्र केसी र हीरामणि पण्डितको उम्मेदवारी परेको छ । उत्तममान बुद्धाचार्य, कुमारीमुना बास्तोला र सोवित पौडेलले वाणिज्यतर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
संघको महासचिवमा ३ जनाको उम्मेदवारी पर्दा कोषाध्यक्ष र उपमहासचिवमा २/२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । महासचिवमा केशवबहादुर खत्री, तारानाथ ढुंगाना र बलराम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला र हरिराज पन्तले उम्मेदवारी दिँदा शोभा गौतम र हर्कबहादुर अधिकारीले उपमहासचिवमा उम्मेदवारी दिएका छन् ।
सदस्यहरुमा ललितबहादुर कुँवर, प्रभा सुवेदी, विनोद केसी, भीम गौतम, बलराम कोइराला, यमनाथ तिमिल्सिना, सुदीप प्रधानांग, सुदीप ओझा, रामचन्द्र शर्मा, भरत केसी, मनोजकुमार श्रेष्ठ, दिलीपकुमार श्रेष्ठ, हिमनिधि लौडारी, कृष्णप्रसाद कोइराला, दुर्गा रञ्जित श्रेष्ठ, उदयबहादुर केसी, धमेन्द्रकुमार बाटाजु, माधन बस्ताकोटी र यादवप्रसाद पोखरेलको उम्मेदवारी परेको छ । १९ जनाको उम्मेदवारी परेको सदस्यमा १० जना निर्वाचित हुनेछन् ।
वस्तुगत सदस्य कुश कार्की, जीवनप्रकाश श्रेष्ठ, प्रेमप्रसाद सुवेदी, लीलाधर चपाईं, लेखनाथ सुवेदी र विष्णुप्रसाद तिमिल्सिनाको उम्मेदवारी परेको छ । ६ जनाको उम्मेदवारी परेको वस्तुगत सदस्यमा ४ जना निर्वाचित हुनेछन् । औद्योगिक सदस्यमा युवकबहादुर बस्नेत र कर्पाेरेट सदस्यतर्फ रामप्रसाद कँडेल र वन्दना कार्की केसी निर्विरोध भइसकेका छन् ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया