लेकसाइडबाट लगेर सामूहिक बलात्कार

पोखरा ।
मिर्मिरे उज्यालो हुँदै थियो । भदौ १४ गते बिहान एक युवती पोखरा लेकसाइड ७ शान्तिनगर चोकमा बस कुरिरहेकी थिइन् । बिहानकै समय भएकाले सार्वजनिक बस चल्ने सम्भावना थिएन । पातलो संख्यामा निजी बाइक, कार चलिरहेका थिए ।
रातमा लेकसाइड बसेपछि बिहानै डेरासम्म पुग्न चाहिरहेका बेला उनकै अघि एउटा निजी गाडी आएर रोकियो । डेरासम्म पु¥याइदिने आश्वासनपछि उनी गाडी चढिन् । युवतीको डेरा बगरमा थियो, तर ती गाडीचालकले माछापुच्छ्रे गाउँपालिका लगे र ९ जना मिलेर बलात्कार गरेको भन्दै ती महिलाले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएकी छन् । कास्की प्रहरीका डिएसपी सुन्दर तिवारीका अनुसार ती महिलाले जबर्जस्ती करणीमा उजुरी दिएकी हुन् ।
उनले प्रहरीसँग भनेकी छन्, ‘१४ गते बिहान ६ बजेदेखि १५ गते दिउँसोसम्म कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ स्थित राजीव जिसीको बंगुर फर्ममा लगि कर्मचारी बस्ने कोठाभित्र खाटमा ९ जनाले नै पटकपटक बलात्कार गरे ।’ पीडित ती महिलाले जिल्ला प्रहरी कार्यालय कास्कीमा १५ गते बेलुकै उजुरी दिएको डिएसपी तिवारीले बताए । उजुरी परेको २४ घण्टामा प्रहरीले ८ जना आरोपितलाई पक्राउ गरेको छ । १ जना अझै फरार रहेको डिएसपी सुन्दर तिवारीले बताए ।
पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका ३ घाचोक भलाबोटका २९ वर्षीय अनुप अधिकारी, वर्ष ३१ का अमृतज्यु ठकुरी, वडा नम्बर ३ घाचोक क्षेत्रीथर बस्ने वर्ष ३० का राजिब जिसी, घाचोक ३ भलाबोट बस्ने वर्ष २४ का सञ्जीत नेपाली, लाहाचोक ठकुरीथर बस्ने वर्ष २४ का सञ्जु शाही, घाचोक लम्साल टोल बस्ने वर्ष ३० का सन्तोष दवाडी, घाचोक लम्साल टोलकै २० वर्षीय साजन दवाडी, घाचोक बस्ने वर्ष २८ का रामेश्वर धिताल छन् । कास्की जिल्ला अदालतमा उनीहरुलाई पहिलो पटक ७ दिन र दोस्रोपटक ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए ।







‘मुर्बै लयँ सारा’ बोलको गीत सार्वजनिक
तनहुँको मौरीबासमा बस र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु
एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी : भूगोल र क्षेत्रमा युवा अनिवार्य, वरिष्ठ उपाध्यक्ष हट्यो
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया