होटल वाराहीलाई उत्कृष्ट उद्योगको सम्मान
समाधान संवाददाता
२०७९ भदौ २६ गते १०:५७

पोखरा ।
होटल वाराही पोखराले उत्कृष्ट उद्योगको सम्मान प्राप्त गरेको छ । पोखरा उद्योग वाणिज्य संघले ३४औं महाधिवेशन उद्घाटनको अवसरमा शुक्रबार होटललाई उत्कृष्ट उद्योगबाट सम्मान गरेको हो । कार्यक्रममा वाराही ग्रुपका निर्देशक वैभव पौडेलले सम्मान ग्रहण गरे । गण्डकी प्रदेश पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले सम्मान गरेका हुन् ।
संघका अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गरेका थिए । होटल वाराही पोखराको प्रतिष्ठित होटल अन्तर्गत पर्छ । वाराही ग्रुपले पछिल्लो समय पर्यटन क्षेत्रमा आक्रामक रुपमा लगानी विस्तार गरिरहेको छ । चितवनको मेघौलीमा वाराही जंगल लज, काठमाडौंमा वाराही प्लाजा, सराङकोटमा सराङकोट माउन्टेन लज लगायतमा वाराही ग्रुपको लगानी छ ।
सम्बन्धित








तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया