मेघौलीले जित्यो भलिबल

जोमसोम ।
मुस्ताङको थासाङ–२ कोवाङमा आयोजित वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनको मेघौली युवा क्लबले जितेको छ । धौलागिरी युवा क्लब कोवाङले आयोजना गरेको तेस्रो अन्तर जिल्ला वडास्तरीय भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक धौलागिरी युवा क्लब कोवाङलाई ३–१ को सेटमा हराउँदै मेघौलीले उपाधि जितेको हो ।
प्रतियोगिताको च्याम्पियन बनेको मेघौलीले नगद ६५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र हात पारेको छ । दोस्रो स्थान हात पारेको धौलागिरी युवा क्लबले ४० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । १६ टिमको सहभागिता रहेको प्रतियोगितामा जिल्ला बाहिरका आधा दर्जन क्लबले भाग लिएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी धौलागिरी युवा क्लबका अजित गौचन घोषित भएका छन् । उनले नगद ३५ सयसहित मेडल, ट्रफी र प्रमाणपत्र पाए ।
प्रतियोगिताको समापनमा क्लबका संस्थापक अध्यक्ष स्वर्गीय भीम गौचन र क्लबको पूर्व खेलाडी रिजु गौचनलाई मरणोप्रान्त सम्मान गरेको छ । क्लबले प्रतियोगिता आयोजनाका लागि आर्थिक सहयोग गर्ने संघ, संस्था र व्यक्तिलाई प्रमाणपत्रले सम्मान गर्यो ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित घरेलु खेलकुदको विकास तथा खेलका माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले क्लबले बर्सेनि प्रतियोगिता सञ्चालन गर्ने गरेको क्लबका अध्यक्ष मनप्रसाद गौचनले बताए ।
क्लबका जापान शाखाका पूर्व अध्यक्ष अनिल भट्टचनले खेलकुदले खेलाडीहरुको वृद्धि विकासमा मात्र नभइ व्यक्तिगत स्वास्थ्यको समेत रक्षा गर्ने बताए ।
प्रतियोगिताका विजेता तथा उपविजेतालाई थासाङका मिर मुखिया ज्वाहार भट्टचन, क्लबका अध्यक्ष मनप्रसाद गौचन, पूर्व वडाध्यक्ष नरप्रसाद हिराचन, समाजसेवी मिनप्रसाद थकाली लगायतले पुरस्कार वितरण गरेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया