कालिका माविका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ९ का जनप्रतिनिधि गीता नेपालीले विपन्न, गरिव विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकी छन् । शिक्षा बाट कुनै पनि बालबालिका बन्चित हुन नपरोस् भन्ने उद्देश्यले उनले आफ्नो सेवा सुविधाबाट कालिका मावि रामबजारका विद्यार्थी अमीत केसी, डेनिसा गर्बुजा र सोनिया लामालाई शैक्षिक सामग्री हस्तानान्तरण गरेकी हुन् ।
वडा अध्यक्ष दिपेन्द्र मर्सानीले बालबालिकाको सुन्दर भविश्य निर्माणको लागी नेपालीले गरेको कामको प्रसंसा गर्दै आफुले पनि गरिब तथा जेहन्दार विद्यार्थीलाई शिक्षाको पहुँचमा पुर्याउने काम गरेको कुरा जानकारी गराए । आगामी दिनमा पनि बालबालिकाको हितको निम्ती सदा सर्वदा आफु लागीरहने बाचा समेत गरे ।
विद्यालयका शिक्षिका लेकमाया पुन, मना गुरुङले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरी हौसला प्रदान गर्नु भएकोमा वडा ९ का सदस्य नेपाली लगायत सम्पूर्ण वडा परीवारलाई विद्यालयका तर्फबाट धन्यवाद दिए । सबै जनप्रतिनिधिलाई शिक्षा बाट बन्चित भएका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन समेत आग्रह गरे ।







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया