बगालेटोलमा सामुदायिक भवन

पोखरा ।
गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पोखरा ८ मा निर्माण भएको बगालेटोल सामुदायिक भवनको उदघाटन गरेका छन् । सुन्दरमार्ग टोल विकास संस्थाले निर्माण गरेको सामुदायिक भवनको शनिबार एक कार्यक्रमबीच थापाले उदघाटन गरेका हुन् । गण्डकी प्रदेश सरकार, स्थानीय र विभिन्न निकाय तथा व्यक्तिबाट आर्थिक संकलन गरी भवन निर्माण गरिएको थियो ।
मन्त्री थापाले सामुदायिक भवनको स्थापनाले सुन्दरमार्ग टोलका स्थानीयलाई सहज हुने विश्वास व्यक्त गरे । ‘सामुदायिक भवनको स्थापनाले बगालेटोलका स्थानीयलाई सामाजिक तथा धार्मिक कार्यक्रम गर्न सहजता हुने विश्वास छ,’ उनले भने ।
समाजमा बस्दा सामाजिक उत्तरदायीत्वलाई पूरा गर्ने जिम्मेवारी बोध गर्नुपर्ने आवश्यकता रहेको मन्त्री थापाले बताए ।
सामुदायिक भवनको उचित प्रयोग गरी यसको संरक्षणमा समेत ध्यान दिनुपर्ने उनले जोड दिए । नजिकै फिर्के खोला भएकाले पनि हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न प्रदेश सरकारबाट समेत आवश्यक सहयोग मिल्ने प्रतिवद्धता जनाए । ८६ लाख रुपैयाँ लागतमा निर्माण भएको भवन उद्धाटनको कार्यक्रममा सहयोगदातालाई सम्मान गरिएको थियो । हीराकाजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष भक्तराज श्रेष्ठ, पोखरा महानगरपालिका वडा ८ का अध्यक्ष रुद्रनाथ बराल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया