नेसनल प्याब्सन कास्कीको पठनसीप तथा श्रुतिलेखन प्रतियोगिता

पोखरा ।
नेसनल प्याब्सन कास्कीको आयोजनामा शुक्रबार अन्तर विद्यालय स्तरीय पठनसीप तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न भएको छ । नेसनल प्याब्सन कास्कीको सभाहलमा राखिएको प्रतियोगितामा पोखरा ३३ को मर्निङ ग्लोरी एकेडेमीकी शिवानी भण्डारीले प्रथम स्थान हासिल गरिन् ।
प्रतियोगितामा पोखरा १ को अञ्जुली बोर्डिङकी दृश्या पौडेलले द्वितीय स्थान हात पार्दा पोखरा २६ को अल्फा एकेडेमीकी प्रशंसा शर्मा तृतीय भइन् । प्रतियोगितामा पोखरा ३२ को शाान्ति बाटिका स्कुलकी सचिता सुवेदी चौंथो हुँदा लाभिन रेजिडेन्टलकी कृतीका सेन्चुरी र बर्डस् एकेडेमीकी सुस्मा खत्री उत्कृष्ट ६ मा पर्न सके ।
नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई पोखराका प्रमुख नारायणप्रसाद सुवेदीले भाषा सीपको विकासका लागि यस्ता प्रतियोगिता सहयोगी हुने धारणा राखे ।
प्रतियोगिताका संयोजक राजु कायस्थले कार्यक्रममाथि प्रकाश पारेका थिए ।
प्रतियोगिता संयोजन समितिका सदस्य विष्णुहरि पौडेलले सञ्चालन गरेको कार्यक्रममा नेसनल प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु केसीले धन्यवाद ज्ञापन गरे । प्रतियोगितामा नेसनल प्याब्सन कास्की अन्तर्गतका ३३ विद्यालयको सहभागी थिए ।








बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया