२४ यूनिट रगत संकलन

लेखनाथ ।
लायन्स क्लव अफ पोखरा चौतारीले शनिबार आयोजना गरेको रत्तदान कार्यक्रममा २४ यूनिट रगत संकलन भएको छ । क्लवको आयोजना र रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लव ईन्टरनेशनल ३२५जे का डिष्ट्रिक गर्भनर लायन ध्रुव श्रेष्ठले नेपालको रक्रदानको क्षेत्रमा लायन्स क्लवले झण्डै ३० प्रतिशत रगतको माग आपुर्ति गरिरहेको बताए । ५० हजार लायन्सहरु रक्तदानमा लागेको दावी गर्दै संसारमा १५ लाख लायन्सहरुले यसमा योगदान गरिरहेको उनले दावी गरेका थिए ।
डिष्ट्रिक सेक्रेटरी लायन मधुसुधन बरालले क्लबले गरेको कार्यको मुक्तकण्ठले प्रशंसा गर्दै बजारमा भएको रगतको अभावलाई मध्यनजर गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । पोखरा २६ स्थित हेल्लो हेल्थ क्लिनिकका सञ्चालक मदन बरालले संस्थाको कार्यक्रममा हातेमालो गर्न पाएकोमा खुशी गर्दै अगामी दिनहरुमा यस्था कार्यक्रमहरुमा सहकार्य गरेर जान पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदान गर्नु स्वास्थयको दृष्टिकोणले पनि फाईदाजनक हुने र सेवाको दृष्टिकोणले उत्तम कार्य रहेको भन्दै रक्तदान गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा जोन चेयर पर्सनहरु राजु बराल र घनश्याम ढुंगाना, लायन्स क्लव अफ पोखरा लेखनाथका अध्यक्ष आनन्द बजगाई, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष जनक कार्की, जागरुक नागरीक समाज पोखरा २६ का अध्यक्ष रामहरि ढुंगाना, पहिलो रक्तदाता रामचन्द्र सेंढाई, वडा नं. २६ का निवर्तमान अध्यक्ष नारायण बराल, गण्डकी मिजार समाजका अध्यक्ष गोपाल नेपाली लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष बुद्धराज बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मन प्रसाद अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन क्लवका सदस्य जीवन बिकले गरेका थिए ।
तपाईको प्रतिक्रिया