गोरखा मिलन समाजमा पहिलो पटक महिला नेतृत्व

समाधान संवाददाता २०७९ भदौ २६ गते १६:०५

पोखरा ।
गोरखा मिलन समाज पोखराले पहिलो पटक महिला नेतृत्व पाएको छ । शनिबार भएको २३ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट कोपिला श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति छानिएको हो । समितिको उपाध्यक्षमा अग्रिम श्रेष्ठ, महासचिवमा सन्तबहादुर लामिछाने, सचिवमा सितल श्रेष्ठ, कोषाध्यक्षमा गीता खनाल र सहकोषाध्यक्षमा पुनम गुरुङ श्रेष्ठ चयन भएका छन् ।

Advertisement

सदस्यहरुमा विकास नेपाली, काजिबाबु श्रेष्ठ (गाउँले), शेरबहादुर राना, धिराज श्रेष्ठ, उमेशचन्द्र देवकोटा, दीपक भण्डारी र अनुप पाण्डे छन् । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण अचार्यले गोरखा जिल्लाको प्रवद्र्धन र विकासका लागि समाजले खेलेको भुमिका अतुलनीय रहेको बताए ।


नवनिर्वाचित अध्यक्ष कोपिला श्रेष्ठले आफ्नो प्रतिवद्धता मन्तव्य राख्दै समाजको समग्र हितको पक्षमा काम गर्ने बताइन् । समाजमा एक्लै काम गर्नको सट्टा मिलेर काम गरे सफलता पाउन सहज हुने उनको भनाइ छ । उनले आफ्नी सासूआमा काशीमाया श्रेष्ठको नाममा १ लाख ५० हजार रुपैयाँको अक्षयकोष पनि स्थापना गर्ने प्रतिवद्धा गरेकी छन् ।


कपिल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव अग्रिम श्रेष्ठले गरेका थिए भने उपाध्यक्ष कोपिला श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया