कलम सहकारीको साधारण सभा सम्पन्न

पोखरा ।
पोखरा ९ पालिखेचोकस्थित कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै प्रमुख अतिथि कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बरालले पुस्तक तथा स्टेशनरी व्यवसायीहरुको सक्रियतामा खोलिएको यस सहकारीमार्फत् कारोबार गरेर व्यवसायीलाई आफ्नो व्यवसाय बढाउन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी बंैकका प्रबन्धक नरेश पाण्डेले सहकारीहरुले उत्पादनको क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे । जिल्ला सहकारी संघकी सदस्य चन्द्रा पराजुली, कलम सहकारीका पूर्व अध्यक्ष तथा सल्लाहकार ऋषिराम शर्मा भण्डारी, सहकारीका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीका अध्यक्ष बैकुण्ठप्रसाद पौडेल, पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमल्सेना पंगेनी, सेयर सदस्य शंकर ज्ञवाली, श्रीपती कोइराला गुठीका सचिव नवराज कोइरला लगायतले बोलेका थिए ।
सहकारीका उपाध्यक्ष मनोहरि सापकोटाले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहकारीका सहसचिव शिवराज बास्तोलाले सहकारीका सात सिद्धान्त सुनाएका थिए । कार्यक्रममा सहकारीका कर्मचारीहरु अर्जुन तिवारी र कल्पना पौडेललाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।
कविन्द्र पोखरेललाई उत्कृष्ट कारोबार, उत्कृष्ट बचतकर्ता बसन्तप्रसाद कोइराला, असल कारोबारमा अनिल बडगामीलार्ई सम्मान गरिएको थियो । कार्यक्रममा सेयर सदस्यका छोराछोरीहरु मध्ये प्लस टु मा उत्कृष्ट अंक ल्याउने अशिम सापकोटा र निशा नापित तथा स्नातकमा सुस्मीता बास्तोला र प्रदीप भण्डारी तथा स्नातकोत्तरमा उत्कृष्ट अंक ल्याउने भावना तिमल्सेनालाई समेत सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष अर्जुन पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहकारीका सचिव राजेन्द्र घिमिरेले सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया