नयन सहकारीको ११ औं सभा

समाधान संवाददाता २०७९ भदौ २६ गते १६:२०

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको नयन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारोँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष नरेन्द्र थापाले स्थानिय तहको आर्थिक तथा सामाजिक विकासका लागि सहकारीहरुले पनि नेतृत्वदायी भस्मिका निभाउनुपर्ने सुझाए । सोही अवसरमा संस्थाका सल्लाहकार एवं लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बलराम ढकालले सदस्यहरुको जीवनस्तर सुधार्नतिर सहकारी केन्द्रित हुनुपर्ने विचार राखे ।

Advertisement


कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष गोपीचन्द्र बास्तोला, कास्की सहकारी संघकी उपाध्यक्ष अम्बिका आचार्य, राष्ट्रिय सहकारी वैकका प्रबन्धक सन्तोष घिमिरे, समाजसेवी उदयमणि भण्डारी लगायतले नीति नियम, संरक्षित पुँजीको व्यवस्थापन एवं प्रविधिमैत्री सहकारीको आवश्यकता औंल्याए ।


कार्यक्रममा शैक्षिक प्रतिभा पुरस्कार २०७९ वाट एसईईमा उत्कृष्ट विद्यार्थी तिर्सना कँडेल, विवश बानिया र स्नातकत्तोर उत्तीर्ण एलिसा सापकोटा, र उत्कृष्ट बचतकर्ता, उदयमणि लामिछाने, उत्कृष्ट सदस्य धन विक्रम गुरुङ, ज्येष्ठ नागरिक सम्मानमा बेलकुमारी गुरुङलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

उत्कृष्ट कर्मचारी सम्मान पुरस्कारतर्फ पूजा अधिकारी र सन्तोष त्रिपाठीलाई सम्मान गरिएको हो । संस्थाका अध्यक्ष टीकाराम सापकोटाको अध्यतामा भएको कार्यक्रममा संस्थाका सचिव शिवहरि सुवेदीले कार्यक्रमको सञ्चालन र स्वागत मन्तव्य उपाध्यक्ष कृष्णप्रसाद सुवेदीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया