पोखरा बचत सहकारीको सभा

पोखरा ।
पोखरा ९ नयाँबजारको पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार आयोजित साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष इन्जिनियर सुरेन्द्रबहादुर गोदारले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले तुलसीघाटलाई स्वर्गद्वारीमा रुपान्तरण गर्न वडाले साथ खोजिरहेको बताए ।
कार्यक्रममा गणेश भद्रकाली मन्दिर व्यवस्थापन समितिका योगेन्द्रमान श्रेष्ठले भनाइ राखेका थिए । साधारणसभा कार्यक्रम संयोजक वीरबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए । सेयर सदस्य मीनाकुमारी पुनले सहकारीका सात सिद्धान्त सुनाएकी थिइन् । विशेश्वर आचार्य र संस्थाका सल्लाहकार आशबहादुर गुरुङले शुभकामना दिए ।
कार्यक्रममा संस्थाका असल कारोबारी सदस्य बलराम अधिकारी, लक्ष्मी थापा, चिनप्रसाद घर्ती मगर बनेका छन् । टेकबहादुर तिलिजा पुन, भेषराज लामिछाने, प्रिया आले उत्कृष्ट बचतकर्ताको पुरस्कार प्राप्त गरेका छन् । नयाँबजार शाखामा कार्यरत पबी श्रीषमगर उत्कृष्ट कर्मचारी बनेकी छन् । कास्कीभर कार्यक्षेत्र रहेको सहकारीमा अहिले २३ कर्मचारी छन् । साधारण सभामा सहकारी प्रवेश गरेका ५० जना नवप्रवेशीलाई स्वागत गरिएको छ । ७० वर्ष पुगेका ५ सदस्यलाई सम्मान गरिएको छ ।








गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया