पूर्व वडा अध्यक्ष कोइरालाको निधन

समाधान संवाददाता २०७९ भदौ २६ गते १७:५३

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ का पूर्व अध्यक्ष विष्णुचन्द्र कोइरालाको असमायिक निधन भएको छ । पोखरा ५ धारापानीमार्ग निवासी कोइरालाको ८८ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

Advertisement

धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका कोइराला ३ पटक वडा सदस्य, २ पटक वडाध्यक्ष भएका थिए । कोइराला ज्येष्ठताका आधारमा पोखरा नगर परिषदको अध्यक्षसमेत भएका थिए । विष्णुचन्द्रका चार छोरा र एक छोरी छन् । कोइरालाको शवयात्रासहित सेती नदीको तुलसी घाटमा अन्त्येष्टि गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया