दीपशिखा सहकारीमा नयाँ नेतृत्व
लेखनाथ ।
महिलामात्र सेयर सदस्य रहेको पोखरा २९ को दीपशिखा महिला बचत तथा ऋण सहकारी संस्थाको नवौं साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालका लागि शिवकुमारी सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी आचार्य, सचिवमा कल्पना गुरुङ, सहसचिवमा अनिता आचार्य र कोषाध्यक्षमा रक्षा अधिकारी भण्डारी छन् ।
समितिका सदस्यमा कमलादेवी भण्डारी, सृजना आत्रेय, राधादेवी भण्डारी र अनिता थापा केसी छन् । समितिको लेखा संयोजकमा लक्ष्मी शर्मा जैसी तथा सदस्यमा इश्वरी खनाल र सावित्रीदेवी विश्वकर्मा छन् । संस्थाकी अध्यक्ष गोमा आचार्यको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं २९ की वडा सदस्य निर्मला पौडेलले महिलाहरुलाई आयआर्जनमा जोडिने गरी नयाँनयाँ कार्यक्रम मार्फत अगाडि बढ्न अनुरोध गरिन् ।








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया