जावा बाइक मात्र ९ प्रतिशत ब्याज दरमा

समाधान संवाददाता २०७९ भदौ २७ गते १०:२८

पोखरा ।
जावा नेपालले दशैं तिहार अफर ल्याएको छ । अफर अन्तर्गत जम्मा ९ प्रतिशत ब्याज दरमा जावाका मोटरसाइकल खरिद गर्न सकिने जावा नेपालले जनाएको छ । जावा बाइकको खरिदमा निशुल्क प्रोफेसनल राइडिङ ज्याकेट र हेल्मेट पनि प्राप्त गर्न सक्ने बताइएको छ ।

Advertisement

जावा नेपालले अग्नि हायर पर्चेज लिमिटेडसँगको सहकार्यमा अफर ल्याएको हो । यस्तै जावाका बाइकको सर्वाधिक मूल्यांकन सहित ‘इजी एक्सचेन्ज’ को सुविधा पनि उपलब्ध गराइने छ ।

जावा मोटरसाइकल एक दशक बढी समयदेखि मोटरसाइकल बनाउने बाइक निर्माता कम्पनी हो । सन् १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनीलाई नेपालमा अग्नि मोटोइन्क प्रालि ले भित्राएको हो ।

तपाईको प्रतिक्रिया