माछापालनमा जोडिँदै लेखनाथकाे खास्टे सहकारी

समाधान संवाददाता २०७९ भदौ २७ गते १०:३८

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ को खास्टे ताल मत्स्य तथा कृषि सहकारी संस्था माछापालनमा जोडिएको छ । खास्टे र न्युरेनी तालमा माछा पालन गरी आय आर्जनमा गर्ने लक्ष्यले सहकारी माछापालनमा जुटेको हो । संरक्षणको अभाव भएपछि माछा संरक्षणको अभियान सञ्चालन गरी आय आर्जनमा जोडिन सहकारी स्थापना भएपछि माछा पालन गर्दै आएको छ ।

Advertisement

सहकारीले यस आर्थिक वर्षमा ३ लाख ८५ हजार रुपैयाँ माछा विक्रीबाट आम्दानी गरेको छ । स्थानीय सरोकारवालाको सक्रियतामा स्थापना गरिएको खास्टे ताल मत्स्य तथा कृषि सहकारीले शनिबार आफ्नो छैटौं साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ कास्कीका निवर्तमान अध्यक्ष रविरमण तिवारीले सहकारीहरुले नीति विपरित पैसाको खरिद विक्री गर्ने तर सिद्धान्त अनुसार उत्पादनमा नजोडिँदा समस्या आएकाले सचेत रहन आग्रह गरे । सोही अवसरमा सहकारीका अभियान्ता राममणी ढुंगाना, ऋण उपसमिति संयोजक शान्ति पौडेल, जिल्ला सहकारी संघ कास्कीकी उपाध्यक्ष अम्बिका आचार्य, सेयर सदस्य शंकरादेवी पौडेल, पोखरा २६ का वडा सदस्य सुदीपराज ढुंगाना लगायतले बोलेका थिए ।

Advertisement

संस्थाका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सहकारीका सचिव नवराज ढुंगानाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया