‘सामाजिक संस्था विकासका साझेदार’

समाधान संवाददाता २०७९ भदौ २७ गते ११:१८

पोखरा ।
समुदायमा आधारित पुन स्थापना सेवा (सिबिआरएस) नेपालको १३ औं अधिवेशन तथा २९ औं वार्षिक साधारण सभा भएको छ । अधिवेशनसँगै संस्थाको लेखाजोखा तथा सामाजिक परीक्षण समेत गरिएको छ । अधिवेशनले आगामी २ वर्षे कार्यकालको लागि चेतबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निवर्तमान अध्यक्ष विजयबहादुर प्रधान, उपाध्यक्ष मोहनमुरारी खनाल, महासचिव पुरण कुँवर, सचिव झलकबहादुर राना र कोषाध्यक्ष आशाकुमारी गौतम छन् ।

Advertisement

कार्यसमितिको सदस्यमा गोमा प्रधान, सरला दास, दिलिपकुमार भट्टराई, डा चण्ढिका पण्डित रहेको संस्थाका व्यवस्थापक कृष्ण लामिछानेले जानकारी दिए । पोखरा महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले अधिवेशनको उद्घाटन गर्दै राज्यले दिन नसकेको सेवा सुविधा सामाजिक संघसंस्थाले दिएको बताए ।

उनले सामाजिक क्षेत्र मार्फत लगेको कार्यक्रम समुदायस्तरमा पुग्ने उल्लेख गरे । ‘सामाजिक संघ संस्थाहरु विकासका साझेदार भएकोले स्थानीय सरकारले समन्वय र सहकार्यमा जोड दिन्छ,’ अध्यक्ष मर्सानीले भने, ‘स्थानीय सरकार र संघसंस्था एक्लाएक्लै हिँड्ने होइन । सामूहिक र संस्थागत ढंगले काम गरौं ।’

Advertisement

गैर सरकारी संस्था महासंघ नेपाल कास्कीका अध्यक्ष डा. बुद्धिबहादुर थापाले सरकारले निर्धारण गरेका लक्ष्य तथा कार्यक्रम एवं दिगो विकास लक्ष्यसँग अपांगता भएको व्यक्तिको क्षेत्रमा काम गर्न सुझाव दिए । कार्यक्रममा संस्थाका व्यवस्थापक लामिछाने, सेवाग्राही प्रकाशबहादुर विश्वकर्मा लगायतले बोलेका थिए । समारोहमा मीना शेर्पा, जौमाया गुरुङ, पूर्णचन्द्र उपाध्याय, राजकुमार परियारलाई सहायक सामग्री प्रदान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया