सिड फाउन्डेशनको महिला सशक्तीकरण तालिम
पोखरा ।
सामाजिक शैक्षिक तथा वातावरणीय विकास प्रतिष्ठान सिड फाउण्डेशनको १९ औं साधरण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चन्द्रबहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुसिला गुरुङ, सचिवमा मदन थापा, सहसचिवमा शिव घिमिरे र कोषाध्यक्षमा विष्णु गुरुङ चयन भएका छन् ।
सदस्यमा प्रेमकुमारी न्यौपाने, पंचकुमारी गुरुङ छन् । भेलाले निमा थापा, अर्जुन लम्साल, भूवन न्यौपाने र सानु सुनारलाइ आमन्त्रित सदस्यमा चयन गरेको छ । अधिवेशनको उद्घाटन गर्दै पोखरा ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले स्थानीय सामाजिक संघसंस्थासँग हातेमालो गर्न आफू सधैँ तत्पर रहेको बताए । उनले स्थानीयले आवश्यक ठानेका कार्यक्रमहरु वडाको बजेटले नभ्याए, प्रदेश र केन्द्रसँग लबिङ गर्ने प्रतिवद्धता जनाए ।
अधिवेशनकै सन्दर्भमा सिड फाउन्डेशनले स्थानीय आमा समूह तथा महिला समूहका प्रतिनिधि महिलाका लागि ४ दिने नेतृत्व विकास तथा सशक्तीकरण तालिम समेत आयोजना गरेको थियो । अधिवेशनको उद्घाटन समारोहमा वडा सदस्य विनोदमणि लामिछाने, बेगनास धार्मिक तथा पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष धुव्रनाथ अधिकारी, नेतृत्व विकास तालिमका मुख्य प्रशिक्षक स्मीता अधिकारी, स्थानीय कुर्लूङ खोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरनारायण थापा, पचभैया तमु समाजका अध्यक्ष सन्तोष गुरुङ, पचभैया सामुदायिक होमस्टेका अध्यक्ष निमा थापा मगर लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम सचिव मदन थापाले सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया