यातायात मजदुरलाई ट्रेड युनियन शिक्षा

समाधान संवाददाता २०७९ भदौ २७ गते १२:३६

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी तथा फलफुल इकाईले यातायात मजदुरलाई ट्रेड युनियन शिक्षा प्रदान गरेको छ । समारोहमा गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको छ ।
कार्यक्रममा संगठनका केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका अध्यक्ष विष्णुबहादुर केसीले आधारभुत ट्रेड युनियन र प्रदेशका सहसचिव मदनकुमार सुनारले श्रम ऐन २०७४ को विषयमा सहजीकरण गरे । प्रशिक्षणमा ४० यातायात मजदुर सहभागी रहेको इकाई अध्यक्ष पित्मबहादुर पौडेलले बताए ।

Advertisement

संगठनका केन्द्रीय उपमहासचिव तथा गण्डकी प्रदेश इन्चार्ज विष्णुबहादुर पराजुलीले संगठनले मजदुरको हकहितको अलवा सामाजिक तथा मानवीय क्षेत्रमा काम गरेको बताए । उनले योगदानमा आधारित सामाजिक कार्यक्रमले श्रमिकको अवकाश पछिको जीवनयापन सहज हुने बताए ।

कार्यक्रममा संगठन गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष बाबुराम राना, प्रदेश सदस्य मुक्तबहादुर राई, संगठन तरकारी तथा फलफुल ढुवानी इकाईका इन्चार्ज टीकाराम अधिकारी, इकाईका उपाध्यक्ष भेषराज अधिकारी, सचिव रवीन्द्र बाग्दास लगायतले ट्रेड युनियन शिक्षाको बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया