लेखनाथ सहकारीको पुँजी भन्डै ७ करोड

लेखनाथ ।
पोखरा २६ अर्घाैंचोकको लेखनाथ बचत तथा ऋण सहकारी संस्थाको सेयर पुँजी झन्डै सात करोड पुगेको छ । २०६५ सालमा स्थापित सहकारीले १४ वर्षमा सेयर पुँजी ६ करोड ९० लाख ६५ हजार पुर्याउन सफल भएको शनिबार आयोजित १४ औं वार्षिक साधारण सभामा जनाइएको छ ।
कार्यक्रम उद्धाटन गर्दै सहकारी बैंक गण्डकीका प्रदेश प्रमुख रामबहादुर जिसीले सहकारीलाई दुर्घटनाबाट बचाउन सेयर सदस्यले आफ्नो जिम्मेवारीलाई मनन गरी अनुगमन, निगरानी र सञ्चालन समितिलाई सचेत गराउनुपर्ने धारणा राखे । उनले सहकारीका कारणले सेयर सदस्यको जीवनस्तरमा भएका सुधारका विषयको खोजी गरी कमजोर अवस्थामा रहेका सेयर सदस्यलाई आर्थिक उपार्जनका विषयबाट अगाडि बढाउन सकिने धारणा राखे ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीकी उपाध्यक्ष अम्बिका आचार्य, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, जनप्रिय सहकारी संस्थाका अध्यक्ष रवीन्द्रमोहन अधिकारी, सेयर सदस्य गोविन्द वाग्ले, गंगा लामिछाने, लायन्स क्लबका सूर्यनाथ बराल र फेवासिटी हस्पिटलका प्रशासकीय अधिकृत त्रिभुवन पराजुली लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लेखनाथ सापकोटा र स्वागत मन्तव्य उपाध्यक्ष विश्वप्रकाश बरालले गरेका थिए ।








दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
मुक्तिनाथ बैंकद्वारा स्याङ्जा प्रहरीलाई स्मार्ट टिभी हस्तान्तरण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया