महिला सीप विकास र सीप विकास सहकारीको संयुक्त साधारण सभा

समाधान संवाददाता २०७९ भदौ २७ गते १५:१७

पोखरा ।
महिला सीप विकास संस्था र सीप विकास बचत तथा ऋण सहकारीको संयुक्त साधारणसभा सम्पन्न भएको छ । दुवै संस्थाले आइतबार संयुक्त साधारण सभा आयोजना गरेका हुन् । संस्थाको २६ औं साधारण सभा तथा सहकारीको १२ औं सभाको उद्घाटन उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले गरेका थिए ।

Advertisement

कार्यक्रमको अध्यक्षता देवी गुरुङ, रामकली खड्काले गरेका थिए भने सञ्चय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष नारायण कार्की, गैर सरकारी संस्था महासंघ कास्कीका बुद्धिबहादुर थापा, पोखरा हस्तकला संघका सीता गुरुङ लगायतको उपस्थिति थियो ।

प्रमुख अतिथी आचार्यले हस्तकला उद्यमीलार्य अघि बढ्न विभिन्न प्रेरणात्मक उदाहरण दिएका थिए । उनले कानुनको अज्ञानको क्षम्य नभएको भन्दै केही आधारभूत चेतनामूलक भनाइ पनि राखे । कार्यक्रममा बोल्दै चिल्ड्रेन नेपाल पोखराका कार्यकारी निर्देशक डिल्ली शर्माले समाजमा पिछडिएका महिलालाई आर्थिक उपार्जनमा जोडेर अघि बढाउन सहकारीले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाका ८ जनालाई सम्मान पनि गरिएको थियो । उद्घाटन सत्र मिना खड्काले सञ्चालन गरेकी थिइन् भबन्द सत्रको कार्यक्रम सञ्चालन सचिव सुभद्रा थापाले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया