कुँवर समाजद्वारा मन्त्री थापा तथा जनप्रतिनिधि सम्मानित

पोखरा ।
पोखरा महानगरपालिका ८ को कुँवर समाज र भवानी आमा समूहले शनिबार मन्त्री तथा वडा प्रतिनिधिलाई सम्मान गरेको छ । प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री बिन्दुकुमार थापा, पोखरा ८ का अध्यक्ष रुद्रप्रसाद बराल र वडा सदस्य हिराकाजी श्रेष्ठलाई स्वागत गरिएको हो ।
कुँवर समाज समितिका वरिष्ठ उपाध्यक्ष बसन्तबहादुर कुँवर र भवानी आमा समुहकी अध्यक्ष समीक्षा कुँवरले सम्मान पत्र, दोसल्ला र खादा लगाएर सम्मान गरेका थिए । सम्मानित भएका मन्त्री थापाले आफूलाई वडाका सबै समस्या थाहा भएको बताउँदै जनतासँगै निरन्तर सम्पर्कमा रहेको बताए । समाजका अभियान्ता पनि आफैं जागरुक बन्नुपर्ने उनको भनाइ थियो ।
वडाध्यक्ष रुद्रप्रसाद बरालले समाजको भवन मर्मतको लागि रकम विनियोजन भएको बताउँदै केही रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका संयोजक कृष्ण कुँवर, भवानी आमा समुहकी निवर्तमान अध्यक्ष सीता कुँवर, कुँवर समाज समितिका प्रथम उपाध्यक्ष राजेश कुँवरले समाजमा भौतिक निर्माण तथा स्वरोजगार मूलक तालिमहरु लगायतका कार्यक्रममा सरकारी सहयोग प्राप्त हुन नसकेको गुनासो व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन भवानी आमा समूहकी सचिव लक्ष्मी कुँवरले र स्वागत सपना सापकोटा कुँवरले गरेकी थिइन् ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया