मौजाबासीका समस्यालाई समाधान गर्न प्रतिबद्ध छु: मन्त्री थापा

पोखरा ।
गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले मौजाबासीका समस्यालाई समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । सोमबार पोखरा २० मौजामा आयोजना गरिएको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘मौजामा देखिएको सडक, सिंचाई, शिक्षा, खानेपानी लगायतका समस्यालाई समाधान गर्न म तत्पर छु । स्थानीयहरुको सहयोगले नै विकास सम्भव छ ।’
मन्त्री थापाले विकासमा राजनीति नगर्न आग्रह गरे । विकास जसले गरे पनि गाउँको भलो हुने भएकाले विकासमा राजनीति गर्नुको तुक नभएको बताए । एकता नै बल हुने हुँदा गाउँले सबै मिलेर समस्याका समाधान गर्नुपर्ने उनको जोड थियो ।
मन्त्री थापाले काहुँखोला, आर्वा, लामडाँडा हुँदै मौजा पुग्ने बाटोको समेत निरीक्षण गरेका छन् । उनले स्थानीयलाई डिपीआर तयार गर्न निर्देशन समेत दिए । डिपीआर बनेपछि आवश्यक बजेट विनियोजन गरिने बताए ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोग कास्कीका प्रवक्ता आशबहादुर गुरुङले आयोगले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई पहिलो प्राथामिकतामा राखेर जग्गा उपलब्ध गराउँदै आएको बताए । कास्की कांग्रेस महिला संघकी सभापति सकुन्तला गुरुङले गाउँ विकासमा सबै लाग्नुपर्ने आवश्यकतालाई औंल्याइन् । उनले विकासमा विरोध नगर्न अनुरोध गरिन् । पोखरा २० का जनप्रतिनिधि गंगामान गुरुङले मौजाको विकासमा वडा तहबाट हुन सक्ने पहल आफूले गर्ने प्रतिबद्धता राखे ।
नेपाली कांग्रेस पोखरा २० का सभापति तिलबहादुर गुरुङले काहुँखोला, आर्वा, लामडाँडा हुँदै मौजा पुग्ने बाटोमा पुलको आवश्यकता रहेको बताए । कार्यक्रममा मौजा टोल विकास समितिका अध्यक्ष खड्कजंग गुरुङ, लामडाँडा टोल विकास संस्थाका अध्यक्ष काशीराम गुरुङ, हिराजंग गुरुङ लगायतले बोलेका थिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया