लक्ष्मी मा.वि मा अभिभावक भेला

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. २६ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयको सोमबार भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका लागि तीन जना अभिभावकको छनौट गरेको छ । भेलाले हरिप्रीया पौडेल, रामकृष्ण जि.सी र सुस्मिता खड्का रसाईलीलाई छनौट गरेको हो ।
अभिभावकको भेलाबाट छनौट भएका सदस्य, वडाको शिक्षा समितिले मनोनित गरेका दुई जना, वडाका अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि, विद्यालयको शिक्षक अभिभावक संघको प्रतिनिधि, उत्कृष्ट चन्दादाता मध्येबाट एक जना प्रतिनिधि सहितको व्यवस्थापन समिति गठन हुने व्यवस्था शिक्षा नियमाबलीमा रहेको छ ।
भेलामा पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले उत्कृष्ट विद्यालय बनाउन अभिभावकहरुको महत्वपूर्ण भूमिका हुने बताए । अध्यक्ष थापाले पछिल्लो समय सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर खस्किदा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरे । वडा अध्यक्ष थापाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारको रुपमा रहेको महानगर र वडाले पूर्ण रुपमा सहयोग गर्ने बताए ।
पोखरा महानगरपालिका शिक्षा शाखाका विद्यालय निरिक्षक विश्वराज आचार्यको संयोजकत्वमा भएको अभिभावक भेलामा वडा सदस्यहरु तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामकृष्ण जि.सी, विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारी र सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिवारी लगायतले शैक्षिक गुणस्तरका विषयमा बोलेका थिए ।
दश जोड दुई सम्म अध्यापन हुने उक्त विद्यालयमा आठ सय ३४ जना विद्यार्थीहरु अध्ययनरत रहेकाछन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया