भलाममा खुल्ला व्यायामशाला र ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण हुने

समाधान संवाददाता २०७९ भदौ २७ गते १७:५३

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वडा नं. २० भलाममा पार्क सहितको खुल्ला व्यायामशाला तथा ज्येष्ठ नागरिक दिवा विश्राम स्थल निर्माण हुने भएको छ ।

भलाम ठुलोपाटनको पूर्वी भागमा हरिहर पैदल मार्गसँग जोडिएको खुल्ला सार्वजनिक जग्गामा पार्क सहितको खुल्ला व्यायामशाला तथा ज्येष्ठ नागरिक दिवा विश्राम स्थल बन्न लागेको हो ।

पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० वार्षिक कार्यक्रम अन्तर्गत विनियोजित रकमबाट कार्य सम्पादन गर्न पोखरा २० को कार्यालयसँग समन्वय गरी अगाडि बढ्ने समेत सोमबार बसेको समितिको पहिलो बैठकले निर्णय गरेको छ ।

पार्क तथा खल्ला व्यायामशाला, ज्येष्ठ नागरिक विश्राम स्थल निर्माण समितिका अध्यक्ष यादव गौतमको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सचिव रेशम खत्रीले गरेका थिए भने पोखरा २० का वडाध्यक्ष गंगाबहादुर खत्री प्रमुख अतिथी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया