चीनसँग अन्तरसंसदीय सहयोग सम्झौता

काठमाडौं ।
नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौता भएको छ । सोमबार काठमाडौं आइपुगेको चिनियाँ प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिमण्डलबीच सिंहदरबारमा भएको वार्तामा सहमति भएपछि सम्झौतामा हस्ताक्षर भएको हो । वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सभामुख अग्नि सापकोटले गरेका थिए भने चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुले गरेका थिए । सम्झौतापत्रमा सभामुख सापकोटा र अध्यक्ष लीले हस्ताक्षर गरेका छन् ।
६ बुँदे सम्झौतापत्रमा दुई देशबीच आपसी सहयोग अभिवृद्धि गर्ने, अन्तरसंसदीय सम्बन्ध विस्तार गर्ने, उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नेलगायतका विषय छ । चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चार दिने भ्रमणका लागि सोमबार काठमाडौं आएका छन् ।
६७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौंका आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।








वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया