लेखनाथ सामुदायिक सेवा केन्द्रको अध्यक्षमा अधिकारी

लेखनाथ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको अध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन् । संस्थाको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनले अधिकारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा गंगाकुमारी खनाल, सचिवमा केशवराज तिवारी, कोषाध्यक्षमा बुद्धिसागर पौडेल, सहसचिवमा दीपकनाथ भण्डारी र सदस्यहरुमा मायादेवी सापकोटा, कृष्णप्रसाद तिमिल्सिना, मिनामाया श्रेष्ठ, कृष्णप्रसाद ओझा, कुशराज तिमिल्सिना, गौरिदेवी सापकोटा, गणेशप्रसाद ढकाल, घनश्याम ढुंगाना, कृष्णप्रसाद सुवेदी, कृष्ण रिजाल र चन्द्रप्रकाश ढुुंगाना छन् ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रहरी प्रमुख रामदत्त जोशीले सामुदायिक सेवा केन्द्रमा बसेर काम गर्नका लागि राजनीतिक पक्ष विपक्ष, धर्म, जात नभन्ने भएकाले स्वतन्त्र पूर्वक काम गर्न सुझाए ।
संस्थाका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सेवा केन्द्रको भवन निर्माणमा सहयोग गरेका गमबहादुर गुरुङ, सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरी, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली, वडा नं २६ का वडा सदस्य सुदीपराज ढुंगाना, सेवा केन्द्रका निवर्तमान अध्यक्ष रमेश ओझा, नागरिक परोपकार समन्वय समितिका अध्यक्ष चिरञ्जिवि तिवारी, निर्वाचन संयोजक राममणि अधिकारी, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया