उन्नति सहकारीको अध्यक्षमा रानाभाट

पोखरा ।
पोखरा महानगरपालिका ९ नयाँबजारको उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेश रानाभाट सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशनले रानाभाटको अध्यक्षतामा चार वर्षका लागि नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा चयन भएका रानाभाट भने पदमा दोहोरिएका हुन् ।
संस्थाको उपाध्यक्षमा लेखनाथ अर्याल, सविच रेवतिमणी भण्डारी, कोषाध्यक्षमा प्रमोद थापा चयन भएका छन् भने सदस्यमा बैकुण्ठ बराल, राजेश शर्मा र विनोज पोटे चयन भए । नवनिर्वाचित सदस्यलाई संस्थाका पूर्व अध्यक्ष पदमबन्धु पोखरेलले बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्तीले सहकारी संस्थाहरुले सहकारीका सात सिद्धान्त अक्षरस अनुसरण गर्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष राजेश रानाभाटले विगतमा कोरोना महामारीका कारण योजना अनुसार काम गर्न नसकेपनि संस्थालाई गण्डकी प्रदेशकै उत्कृष्ट र अनुकरणीय संस्थाका रुपमा विकास गर्ने प्रतिवद्धता जनाए ।








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया