पोखरामा पर्वोत्सव सहुलियत छुट पसल
समाधान संवाददाता
२०७९ भदौ २८ गते १२:४२
पोखरा ।
नेपाल फुड प्रालिले दशैं, तिहार तथा छठमा उपभोक्तालाई खाद्यवस्तुको खरिदमा भारी छुटको योजना ल्याएको छ ।
विरौटास्थित खाद्य नेपाल विक्री कक्षबाट सामान खरिदमा ‘पर्वोत्सव सहुलियत छुट मूल्य पसल’ सञ्चालनमा ल्याएको हो । योजना असोज १ देखि कात्तिक १५ गतेसम्म चल्ने प्रदेश प्रमुख नवीन बस्नेतले बताए । पर्वोत्सवमा ग्राहक वर्गलाई सबै किसिमका चामलमा छुटको व्यवस्था गरिएको छ । बास्मती, जिरा मसिनो, स्टिम सोना चामल, अरुवा सोना चामल ग्राहकले किन्न सक्छन् ।
यी सबै चामलमा ७ रुपैयाँ छुट दिएको प्रमुख बस्नेतले बताए । यो योजना अवधिभर ५ सय क्विन्टलसम्म खाद्यान्न सहुलियत विक्री गरिने छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया