एनपिएलका लागि पोखरा एभेन्जर्स तयार

समाधान संवाददाता २०७९ भदौ २८ गते १५:२०

पोखरा ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम ‘पोखरा एभेन्जर्स’ ले खेलाडी सूची सार्वजनिक गरेको छ । पोखराको टिमका लागि मार्की प्लेयरमा मोहम्मद असिफ सेख छन् भने शरद भेषावकर पोखराबाटै खेल्नेछन् ।

पोखराका अन्य खेलाडीमा कुशल मल्ल, प्रतिस जिसी, आरिफ शेख, तुलबहादुर थापा, विसन विक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन र सिद्धान्त लोहनी छन् । विदेशी खेलाडीहरुमा पाकिस्तानी विकेट किपर व्याट्स्म्यान मोहम्मद हाफिज, पाकिस्तानकै सलमान इर्साद तथा श्रीलंकन खेलाडीहरु निरोशान डिक्वेला, शेहन मधुशंका जस्ता खेलाडीलाई पोखरा एभेन्जर्सले आफ्नो टिममा अनुबन्धन गराएको छ ।

सुवोध त्रिपाटी र आतिस ज्ञवालीको लगानी रहेको यो टिम मेण्टरमा भारतका पूर्वखेलाडी सन्दीप पाटिल रहेका छन् । प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गते सम्म काठमाडौंमा हुनेछ ।

तपाईको प्रतिक्रिया