कास्की सेवा हस्पिटलले डेंगु रोगको निःशुल्क परीक्षण गर्ने
पोखरा ।
डेंगु रोग नियन्त्रण गर्न पोखराको कास्की सेवा अस्पतालले निशुल्क परीक्षण गर्ने भएको छ । अस्पतालले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै भदौ ३० गतेदेखि निशुल्क परीक्षण गर्ने जनाएको हो ।
आर्थिक अभावका कारण डेंगु रोग परीक्षण गर्न वञ्चित बिरामीलाई लक्ष्ति गरेर निशुल्क परीक्षण ल्याइएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत युवराज आचार्यले बताए । अस्पतालमा डेंगु रोग परिक्षण गर्न १ हजार दुई सय लाग्थ्यो । यो पैसा बचत गर्न सक्छन् ।
निशुल्क परीक्षण गर्न रोगका लक्षण तथा सम्बन्धीत फिजिसियले अनिवार्य सिफारिस गर्नुपर्ने प्रमुख आचार्यले बताए । अस्पताले १ हजार बिरामीलाई आवश्यक किट उपलब्ध गराउने प्रशासकीय अधिकृत सुन्दर पोखरेलले बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिरामीको अध्याधिक चाप भएकाले छिटोछरितो उपचार गराउने उद्देश्यले आफूहरुले निशुल्क परीक्षण व्यवस्था गरेको पोखरेलले बताए ।
तपाईको प्रतिक्रिया