स्वीकृति नलिई निर्माण भएका संरचना हटाउन पोखरा ५ ले दियाे निर्देशन

समाधान संवाददाता २०७९ भदौ २८ गते १७:४५

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ५ ले जिरो किमीदेखि बागलुङ राजमार्ग सम्मका स्वीकृति नलिई निर्माण भएका संरचना हटाउन निर्देशन प्रकाशित गरेको छ । मापदण्ड विपरित निर्माण गरिएका वडा भित्रका सडक दायाँबायाँमा रहेका स्थायी, अस्थायी टहरा हटाउन वडाले मंगलबार सूचना जारी गर्दै निर्देशन दिएको हो ।

Advertisement

सूचना जारी भएको सात दिनभित्र पनि मापदण्ड विपरतका संरचना नहटाए वडा ले नै हटाउन बाध्य हुने र कानुन बमोजिम हटाउँदाको खर्च समेत सम्वन्धित सरोकारवाला व्यक्तिबाट नै असुल उपर गरिने सूचनामा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया