एनसेलले ल्यायो दसैंमा रिचार्ज बोनस अफर

समाधान संवाददाता २०७९ भदौ २९ गते १०:५५

काठमाडौं ।
एनसेलले नजिकिँदै गरेको दसैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन १०० रूपैयाँ वा सोभन्दा बढीको रिचार्जमा अधिकतम ४० रूपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् ।

Advertisement

यो योजना भदौ २८ गते मंगलबारदेखि सञ्चालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले १०० रूपैयाँको रिचार्ज गर्दा १ दिन मान्य रहने १० रूपैयाँ बोनस स्वरुप प्राप्त गर्नछन् । यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।

यस योजनाअन्तर्गत ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि १५० रूपैयाँ रिचार्ज गरेमा २० रूपैयाँ बोनस स्वरुप प्राप्त गर्छन् । प्राप्त बोनस रकम ३ दिनका लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि २०० रूपैयाँ वा सोभन्दा बढीको रिचार्ज गरेमा ग्राहकले ४० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्छन् । यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ ।

यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । आफ्ना ग्राहकका लागि १०० रूपैयाँ वा सोभन्दा बढीको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्तित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ ।

यस योजनाले ग्राहकलाई चाडवाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदान प्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया