सितल चौतारीमा लम्साल

पोखरा ।
पोखरा महानगरपालिका १७ छोरेपाटनको सितल चौतारी आमा समूहको १६ औं साधारण सभा तथा ८ औं अधिवेशनले सुमित्रा लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समूहको वरिष्ठ उपाध्यक्षमा मैया अधिकारी, उपाध्यक्षमा शान्ति जिसी, सचिवमा मिना पोखरेल, सहसचिवमा विष्णुकुमारी पोखरेल बराल, कोषाध्यक्षमा कमला सुवेदी, सहकोषाध्यक्षमा विष्णुकुमारी लम्साल र सदस्यहरुमा राममाया पौडेल, शिला केसी, पार्वती लम्साल, रुपादेवी शर्मा, लक्ष्मी लम्साल र सांस्कृतिक समितिका संयोजक वसुन्धरा अर्याल, सदस्यमा माधवी अधिकारी र मिठु पनेरु सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा १७ की वडा अध्यक्ष राधिका शाही योगीले महिलाले आँट गरेर जागरुक भएमा समाज परिवर्तनसँगै नेतृत्व विकास हुने बताउँदै आफू पनि निकै संघर्षबाट महानगरकै एकमात्र महिला वडाध्यक्ष हुन पुगेको बताइन् ।
छोरेपाटन टोल सुधार समितिका वरिष्ठ उपाध्यक्ष आनन्द अर्याल, पुर्व अध्यक्षहरु तुलसीराम बराल, ऋतुनाथ लम्साल, छोरेपाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद लम्साल, पूर्व अध्यक्ष इश्वरी लम्साल, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष विष्णुप्रसाद पोखरेल, राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी अधिकारी, नारी उत्थान दिदिबहिनी समूहकी अध्यक्ष जानुका सुवदीले शुभकामना मन्तव्य राखे ।
तपाईको प्रतिक्रिया