प्रेम शान्ति साहित्य पुरस्कार मधुश्रीलाई

समाधान संवाददाता २०७९ भदौ २९ गते ११:३७

पोखरा ।
यस वर्षको प्रेम शान्ति साहित्य पुरस्कार मन्दिरा मधुश्रीलाई प्रदान गरिने भएको छ । आख्यान क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत हरेक २ वर्षमा प्रदान गरिने प्रेम शान्ति सम्मान पुरस्कार पहिलो पटक विराटनगरकी कथाकार मधुश्रीलाई दिने निर्णय गरिएको हो ।

Advertisement

पोखरामा आगामी असोज ८ गते एक भव्य समारोहका बीच सो सम्मान पुरस्कार प्रदान गरिने लमजुड पोखरा सम्पर्क समितिले जनाएको छ । साहित्यकार कल्याण पन्तको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय पुरस्कार छनौट समितिले नेपालभरका ओझेलमा परेका प्राप्त प्रतिभाहरु मध्येको नामबाट मधुश्री छनौटमा परेकी हुन् ।

पुरस्कार छनौट समितिका सदस्य दीपक समीप, विश्वलाल श्रेष्ठ, विपिन अधिकारी र अक्षयकोषदाता प्रेमकुमारी गुरुडको सिफारिसमा कथाकारलाई दस हजार रुपैंयासहित दोसल्ला ओढाइ सम्मान गरिने छ ।

उक्त सम्मान पुरस्कार लमजुड पोखरा सम्पर्क समितिकी सल्लाहकार तथा समाजसेवी प्रेमकुमारी गुरुडद्धारा आफनो र दिवंगत भएकी आफनी आमा शान्ति गुरुडको नामबाट प्रेम शान्ति साहित्य सम्मान पुरस्कार स्थापना गरिएको हो ।

एक लाख २५ हजारको अक्षयकोषको व्याजबाट प्राप्त रकमबाट हरेक दुई वर्षमा विशेषत आख्यान क्षेत्रमा समर्पित व्यक्तित्वलाई सम्मान गरिनेछ । ।

Advertisement

तपाईको प्रतिक्रिया