जनता समाजवादी तमुवानको प्रशिक्षण

लेखनाथ ।
जनता समाजवादी पार्टी तमुवान राष्ट्रिय समितिको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा जसपा केन्द्रीय कार्यकारिणी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापा मगरले जातीय पहिचान सहितको संघीयता चाहेको बताएका थिए ।
पहिचान र सार्मथ्यको आधारलाई टेकेर शासकीय स्वरुप र राज्यको पुर्नसंरचना गरिनुपर्ने बताउँदै थापाले अहिलेको संविधान अपूरो रहेकाले यसलाई पूर्णता दिइनुपर्ने बताए । पार्टीका राज्य समिति सदस्य एवं तमुवान राज्य समितिका इन्चार्ज रुद्रबहादुर गुरुङले यथास्थितिवादीहरुले ‘फुटाउ र शासन गर’को सिद्धान्त अनुरुप तमु जातीहरुको एकता बिथोल्ने गरेको आरोप लगाए ।
कार्यक्रममा राज्य समिति सदस्य एवं मगरात राज्य समितिका सहइन्चार्ज निर्मल जिसी, जसपा राजनीतिक समिति सदस्य तथा गण्डकी प्रदेश संयोजक धनप्रसाद तामाङ, केन्द्रीय सदस्य याममाया पुन मगर, समाजवादी विद्यार्थी यूनियन गण्डकीका अध्यष विषम भुजेलले बोलेका थिए ।
जनता समाजवादी पार्टी तमुवान राष्ट्रिय समितिका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य उमा गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन चन्द्र तामाङ ‘मुस्कान’ ले गरेका थिए ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया