नवनिर्वाचित पदाधिकारीलाई लेखनाथ उद्योग वाणिज्य संघको सम्मान

लेखनाथ ।
पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित टोलीलाई मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघको हालै सम्पन्न ३४ औं महाधिवेशनवाट निर्वाचित अध्यक्ष पवनकुमार प्रजापति सहित सम्पूर्ण पदाधिकारीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिले कास्कीमा रहेका दुई उद्योग वाणिज्य संघ आपसमा मिलेर व्यवसायीहरुको हक हित र प्रवद्र्धनका लागि साझा एजेण्डा बनाएर बढ्नुपर्ने बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लेखनाथ क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा अझै सम्भावनाका ढोकाहरु खुल्ने र यसका लागि आवश्यक पूर्वाधार निर्माणमा पहल र प्रयास आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले दुई संघबीचे भातृत्व र भाइचाराको सम्बन्धलाई अझ एकताबद्ध बनाएर बढ्नुपर्ने बताए । संघका अध्यक्ष आत्रेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्रराज सुवेदी (राजु) र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठले गरेका थिए ।








गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया