मुस्ताङ जिससको छैटौं सभा

जोमसोम ।
जिल्ला समन्वय समिति मुस्ताङको छैटौं जिल्ला सभा मंगलबार सकिएको छ । जिल्ला समन्वय मुस्ताङले ५ स्थानीय तह र जिल्लाका सरोकारवाला निकायको उपस्थितीमा जिल्ला सभा आयोजना गरेको हो । संघीय प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले दीपप्रज्वलन गरी सभाको उद्घाटन गरे ।
तीन तहको सरकारले गर्ने कार्यसम्पादनमा जिल्ला समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने तुलाचनले बताए । तुलाचनले आफू दुर्गम जिल्लाको जनप्रतिनिधि भएपनि विकासको मोडालिटी आफूबाट सिक्न अन्य संघीय सांसदहरुलाई अनुरोध गरे । संघीयताको पहिलो कार्यकाल सकिँदै गर्दा संघ तथा प्रदेश सरकारबाट अर्बौं रुपैयाँ बजेटको विकास काम भएको बताए ।
स्थानीय तहलाई अनुरोध गर्दै सांसद तुलाचनले भने, ‘पालिकाहरुले अब जनताको जीवनस्तर सुधार्ने काम गर्नुहोला, कृषि र पर्यटनको समस्या केलाउनु होला ।’ सांसद तुलाचनले ठूला योजना संघ र प्रदेशबाट ल्याउन पहल गर्ने बताए । मुस्ताङलाई सडकमार्गबाट उत्तर÷दक्षिण राजमार्ग र मुस्ताङ–डोल्पा जोड्ने काम छिटो सक्न बताए ।
सभामा गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली, संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङ, श्रीमाया थकाली, जिसस प्रमुख माया गुरुङ, पूर्व जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ, घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतले बोलेका थिए ।
समन्वय समितिको बन्द सत्रले जिल्लाका विविध विषयमा साझा अवधारणापत्र तयार पारेको जिसस अधिकारी शिवकुमार पौडेलले बताए । जिसस प्रमुख माया गुरुङको अध्यक्षतामा बसेको बन्द सत्रले मुस्ताङमा कालीगण्डकी नदीमा वर्षेनी ढुंगा , गिट्टी, बालुवा र ग्रेगान जम्मा हुँदा तटीय क्षेत्रका बस्ती जोखिममा परेको निस्कर्ष निकालेको छ ।
नदी नियन्त्रणका लागि नदीजन्य पदार्थको समुचित संकलन तथा व्यवस्थापन गर्न पहल गर्ने, कृषि, पशुपालन र पर्यटन विकास तथा प्रर्वद्धनका लागि आवश्यक योजना तर्जुमा गर्ने, मुस्ताङको कुल क्षेत्रफलको १०.४९ प्रतिशत मात्र नापी भएको र बाँकी भोगचलन गर्दै आइरहेका नापी नभएका जग्गाको नापी गर्न संघ सरकारसँग अनुरोध गर्ने र जलवायु परिवर्तनका कारण कृषि, पशुपालन, पर्यावरणमा नकारात्मक प्रभाव परेको र त्यसको विकल्पका लागि वैज्ञानिक मार्ग खोज्दै उपायहरु अवलम्वन गर्ने र परम्परागत पुरानो घरको सांस्कृतिक सौन्दर्यता जोगाउन विकल्पहरु खोज्ने लगायतका साझा अवधारणा अनुमोदन भएको समन्वय अधिकारी पौडेलले बताए ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया