अग्नी पीडितलाई सहयोग

समाधान संवाददाता २०७९ भदौ २९ गते १७:२०

लेखनाथ ।
म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं ६ घार पोखरे बगर घर भएकी अग्नी पीडित यामकुमारी खड्कालाई म्याग्दी पोखरा चौतारी समाजले सहयोग गरेको छ । गत भदौ १२ गते घरमा खाना पकाउने क्रममा ग्यास पडकिएर घाईते भएकी खड्कालाई समाजले ९० हजार रुपियाँ सहयोग गरेको हो ।

Advertisement


उनी सँगै घट्नामा परेकी नन्द कुमारी वरुवालको उपचारको क्रममा निधन भएको थियो । एकल महिला र आर्थीक अवस्था कमजोर रहेकाले समाज र शुभकामना सहकारी संस्थाको पहलमा विभिन्न सामाजिक संघ सस्था तथा देश विदेशमा रहेका दाजुभाइको सहयोगमा संकलन गरिएको रकम घाईतेको उपचारमा सहयोग पुग्ने उद्देश्यले हस्तान्तण गरिएको समाजका अध्यक्ष प्रेम शंकर वरुवालले जानकारी दिएका छन् ।


उपचारको क्रममा उनको स्वास्थ्य अवस्थामा क्रमस सुधार हुदै आएको र अझै थप उपचारका लागि पनि पैसा अपुग भएकाले आर्थीक संकलनको अभियान निरन्तर रहेकोले सहयोग गर्न चाहनेले ९८४६०३२८०१ मा सम्पर्क गर्नका लागि समाजले अपिल गरेको छ । आर्थीक अभाव कै कारणले उनको ज्यान नजाओस् भन्ने उद्देश्यले यो अभियान संचालन गरिएको र सहयोग आउने क्रम पनि जारी रहेकाले सवैको साथ र सहयोगबाट अग्नी पीडित यामकुमारीलाई बचाउन सकिने अध्यक्ष बरुवालको भनाई छ ।

तपाईको प्रतिक्रिया