चित्रकलामा बेसलाइन एकेडेमीकी सोफिया प्रथम

पोखरा ।
बाल दिवसको उपलक्ष्यमा ड्याम साइड क्लब पोखरा १७ को आयोजनामा बुधबार भएको अन्तर विद्यालय खुला चित्रकला प्रतियोगितामा बेसलाइन एकेडेमीकी सोफिया रसाइली प्रथम भएकी छन् । दोस्रो पुरस्कार सोसियल पब्लिक स्कुलका सौरभ लोर्गनले पाए । न्यु मोडल सेकेन्डेरी स्कुलकी सजितु थापा तेस्रो र पार्दी माध्यमिक विद्यालयकी मनिषा गुरुङ र हिमाञ्चल बोर्डिङका दिप्सन केसी सान्त्वना बने ।
कार्यक्रममा कवि लक्ष्मण थापाले बाल दिवसको उपलक्ष्यमा क्लबले चित्रकला प्रतियोगिता आयोजना गर्नु निकै सान्दर्भिक र अनुकरणीय कार्य भएको बताए । कार्यक्रम संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद बरालले बालबालिकाको चित्रकारिता तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि क्लबले प्रतियोगिता आयोजना गरेको बताए ।
विजेतालाई कवि लक्ष्मण थापा, क्लब अध्यक्ष प्रताप गुरुङ, निर्णयकहरु चित्रकार ढाका भट्टराई र झविन्द्र गुरुङले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका छन् । प्रतियोगितामा कास्कीका १५ सरकारी तथा निजी विद्यालयका २३ विद्यार्थीको सहभागिता थियो । कार्यक्रम क्लबका अध्यक्ष प्रताप गुरुङको अध्यक्षतामा भएको थियो ।







मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया