दराजको दसैं अफर

समाधान संवाददाता २०७९ भदौ ३० गते १०:४८

काठमाडौं ।
नेपालको अनलाइन सपिङ साइट दराज डट कमले दसैं विशेष अफर ल्याएको छ । भदौ २९ देखि सुरु भएर असोज १३ सम्म चल्ने यो योजनामा ग्राहकले ६० प्रतिशतसम्म छुट पाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो बीचमा ग्राहकले मेगा डिल्स्, दसैं दक्षिणा, मिस्ट्री बक्स्, कलेक्टिबल भाउचर, गेम जोनमा सहभागी भएर लाभ लिन सक्ने छन् ।

Advertisement


दराजले लोकप्रिय शेक शेक गेम फेरि यस अभियानमा लिएर आएको छ । शेक शेक गेम अन्तर्गत आकर्षक भाउचरहरु जित्न उपभोक्ताले २८–३० भदौ र ३–५ असोजको बीच हरेक दिन तोकिएको समय (शेक शेक गेम सेसन) भित्र दराज एप खोली आफ्नो मोबाइल फोन हल्लाउनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया