बलात्कार अभियोगमा तनहुँका तामाङलाई १९ वर्ष कैद

समाधान संवाददाता २०७९ भदौ ३० गते ११:००

पोखरा ।
तनहुँ जिल्ला अदालतले भानु नगरपालिका–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई जबर्जस्ती करणी गरेको अभियोगमा १९ वर्ष कैद फैसला सुनाएको छ । तामाङले २०७७ असार ३० गते सुस्तमनस्थिति भएका दुई बालिकालाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा उजुरी परेको थियो ।

अदालतको अनुसार बुधबारको इजलासले उक्त दुई वटा छुट्टाछुट्टै बलात्कारको मुद्दामा तामाङलाई दोषी ठहर गर्दै क्रमशः १९ वर्ष र १६ वर्ष छ महिना कैद र दुवै पीडित बालिकालाई एक एक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको हो ।

दुई मुद्दामा एकैजना अभियुक्त भएको र घटना एकैदिन भएको तथा दुवै मुद्दामा दोषी ठहर भएको हुँदा अधिकतम १९ वर्ष सजायको थप पाँच वर्ष गरि २५ वर्ष कैद कैद बस्नुपर्ने हुन्छ ।

Advertisement

तामाङ जिल्ला अदालतको आदेशमा २०७७ साउन २४ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए ।

Advertisement

तपाईको प्रतिक्रिया