पाेखराका १६ वडाका १९९ जनाले पाए निस्सा

पोखरा ।
पोखरा महानगरपालिकाका सबै वडामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण थालिएको छ । पोखरा महानगरपालिका र राष्ट्रिय भूमि आयोग कास्कीको संयुक्त आयोजनामा बुधबार एक कार्यक्रमका बीच महानगरका १६ वटा वडाका १ सय ९९ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरियो ।
मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ र राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष गंगा पोख्रेल नेतृत्वले निस्सा वितरण गरेका हुन् । मेयर आचार्यले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले प्राप्त गरेको निस्सा लालपुर्जा पाउनु अगाडिको लालपुर्जा नै भएको बताए । ‘यो सरकारी छाप लगाएको लालपुर्जा पाउनु अगाडिको लालपुर्जा नै हो,’ उनले भने, ‘यो कागज नपाउनेले लालपुर्जा पाउदैनन् । लालपुर्जा पाउनका निस्सा महत्वपूर्ण छ ।’ उनले यसलाई लालपुर्जा जत्तिकै महत्वका साथ लिन अनुरोध गरे ।
पोखरा सभागृहमा भएको कार्यक्रममा वडा नम्बर १, ३, ७, ८, १०, ११, १६, १८, १९, २२, २३, २४, २८, २९ र ३१ का प्रतिनिधिमूलक रूपमा १ सय ९९ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको हो । यसअघि महानगरका ६, ९, १४, २५, ३२ र ३३ मा निस्सा वितरण गरिसकिएको छ ।
पोखरा महानगरपालिकामा १९ हजार ८ सय ५६ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सूचीकृत छन् । उनीहरूमध्ये ७ हजार बढी निस्सा वितरणका लागि राष्ट्रिय भूमि आयोगको केन्द्रीय सर्भरमा सूचीकरण भइसकेका छन् । बाँकी सूचीकरणको क्रममा छन् ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया