आनन्द मार्गको अध्यक्षमा विष्णु

समाधान संवाददाता २०७९ भदौ ३० गते १२:०८

पोखरा ।
आनन्द मार्ग प्रचारक संघ नेपालको केन्द्रीय अध्यक्षमा विष्णुप्रसाद बराल निर्वाचित भएका छन् । संघको हेटौडामा भएको अधिवेशनबाट पोखराका अधिकारकर्मी बराल सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।

Advertisement

अधिवेशनमा मुलुकभरबाट १ सय ५० प्रतिनिधि सहभागी थिए । दार्शनिक तथा विचारक आनन्दमूर्तिद्वारा प्रतिपादित आनन्द मार्गमा आध्यात्म र आधुनिक विज्ञानको संगम रहेको नवनिर्वाचित अध्यक्ष बरालले बताए । विश्वका १ सय ६० देशमा यसको संगठन विस्तार भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया