रूपा गाउँपालिकाकाे वक्तृत्वमा करिना प्रथम

पोखरा ।
कास्कीको रूपा गाउँपालिका २ स्थित शिवालय माविकी करिना ओझा वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छ । बुधबार रूपा गाउँपालिकाले ५८ औं बाल दिवसको अवसरमा आयोजना ‘शिक्षा क्षेत्रको विकासमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकलामा उनी अब्बल साबित भएकी हुन् ।
यसअघि गोनेसा नेपाल र पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठानद्वारा रूपा गाउँपालिकाभित्रका विद्यालयका बीच भएको वक्तृत्वकला प्रतियोगितामा पनि उनी प्रथम बनेकी थिइन् । उनी शिवालय बाल क्लबकी अध्यक्ष हुन् । बाल दिवसका अवसरमा आयोजित सो प्रतियोगितामा रामकोट माविकी सजिता अधिकारी, अरुणोदय आविका विश्वास विक र विश्वशान्ति माविकी सफलता हायु राई क्रमशः दोस्रो, तेस्रो र सान्त्वना बने ।
बाल दिवसकै अवसरमा रूपा गाउँपालिकाभित्रका विद्यालयबाट २०७८ को एसइई परीक्षामा सम्मिलित परीक्षार्थीमध्ये सर्वोकृष्ट अंक ल्याउनेलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । शिवालय माविका धीरज सुनार छात्रतर्फ र सोही विद्यालयकी कृति ओझाले छात्रातर्फ यो सम्मान पाएका छन् ।
धीरजसँगै छात्रतर्फ समान ३.२५ जिपिए ल्याउने विश्वशान्ति माविका आदर्श घिमिरे पनि पुरस्कृत भएका थिए । यसअघि पनि शिवालयकै छात्र–छात्रा दुवैतर्फ पुरस्कृत भएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगााको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिक्षाका क्षेत्रमा पढाइका अलावा विद्यार्थीको प्रतिभा प्रस्फुटनमा पनि गाउँपालिकाले प्रयास गर्दै आएको बताए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख सन्दीप पौडेल, बृहस्पति अधिकारी, सीता सापकोटा, मनोज पौडेल लगायतले बोलेका थिए ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया