पाेखरा १९ का पूर्व वडाध्यक्ष पौडेलको निधन

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १९ घार्मीका पुर्व वडाध्यक्ष टीकाराम पौडेलको निधन भएको छ । साविकको लामाचौर गा बि स वार्ड नं ८ मा २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट भारी मत ल्याई निर्वाचित भएका पौडेलको ८१ वर्षको उमेरमा बुधवार राती आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित पौडेलको बिहीबार बिहान गोस्ते घाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ।
पौडेलको पार्थिव शरीरमा कान्छा छोरा खेमराज पौडेलले दागबत्ती दिएका थिए । एमाले नेता जगत विश्वकर्मा, गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बराल जिवन, एमाले नेता दामोदर वैरागी, निवर्तमान वडाध्यक्ष शोभा मोहन पौडेल, माओवादी केन्द्रका नेता भिम विश्वकर्मा, एमाले नेता एवम पूर्व जिविस सदस्य हितराज शर्मा, विद्यार्थी नेता अर्जुन अधिकारी, वडा सदस्य विकास आचार्य लगायतका गोस्ते घाट पुगि श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
स्वर्गीय पौडेलका श्रीमती, २ छोरा, २ बुहारी २ नाती, २ नातिनी र १ पनाति छन् । स्वर्गीय पौडेलको निधन प्रति नेकपा एमाले वडा कमिटी पोखरा १९ ले शोक व्यक्त गरेको छ ।







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया