पोखराको शिशुवामा माइक्रोले ठक्कर दिदाँ वृद्धाको मृत्यु
समाधान संवाददाता
२०७९ भदौ ३० गते १६:०९

पोखरा ।
पोखरा महानगरपालिका–३० शिशुवामा बुधबार साँझ साढे ६ बजे माइक्रो बसले ठक्कर दिदाँ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका –३१ मोहरियाकी ७८ बर्षीया देवकला बन्जरा रहेकी छन् । बाटोमा हिडीरहेको बेला तालचोकबाट बेगनासतर्फ जाँदै गरेको ग१ख ६८३० नम्बरको माइक्रो बसले उनलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवाले जानकारी दिएको छ ।
बस चालक पोखरा-२६ का २५ वर्षिय आशीस सार्की र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित






पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया